आज देशैभरी वर्षा हुने

फाइल फाेटाे
फाइल फाेटाे

बुटवल । अहिले मनसुनी वायुको प्रभावले देशभर पूर्णतया बदली रही वर्षा भइरहेको छ ।

वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका केही स्थानामा समेत वर्षा भइरहेको छ ।

आज दिउँसो पनि पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । अन्य प्रदेशका केही स्थानमा समेत वर्षा भइरहेको छ ।

आज राति पनि देशभर साधारणतयादेखि पूर्णतया बदली रही कोशी र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा आज राति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित खवर

देवदहमा गुञ्जिए नवराज पराजुलीका कविता

देवदह ५ मा वडास्तरीय खेलकुद समिति गठन: अध्यक्षमा नविन लुईटेल

सोईया महिला स्वावलम्बि संस्थाको अध्यक्षमा केशुमाया श्रेष्ठ

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास