आज दशैँकाे अन्तिम दिन सराय नाचेर पुर्णिमालाई बिदाइ गरिँदै

स्थानीयले देवीका मन्दिर र कोतघरमा राखिएका खुँडा, भाला, तरबार प्रदर्शन गर्दै 'वाख्यै वाख्यै हो' भन्दै सराय नाच नाच्छन् । बाजाको तालमा स्थानीय युवाहरू सराय नाचेपछि देवी मन्दिरमा पूजा स्थगन गरिन्छ ।

पाल्पा । यस वर्षको बडादसैँ सराय नाचेर बिदाइ गर्ने तयारी गरिएको छ । पाल्पाको विभिन्न स्थानमा रहेका कोतघर, देवीका मेन्दिर, दुर्गा मन्दिर, थुम्का, मौलादेवीका मन्दिरमा सराय नाचेर दसैँलाई बिदाइ गर्ने तयारी गरिएको छ । घटस्थापनादेखि महानवमीसम्म ब्रम्हादेवीमा दुर्गा पूजा गरेर कुविन्डो काटेर पुजा बिसर्जन गर्ने चलन रहेको छ ।

स्थानीयले देवीका मन्दिर र कोतघरमा राखिएका खुँडा, भाला, तरबार प्रदर्शन गर्दै ‘वाख्यै वाख्यै हो’ भन्दै सराय नाच नाच्छन् । बाजाको तालमा स्थानीय युवाहरू सराय नाचेपछि देवी मन्दिरमा पूजा स्थगन गरिन्छ ।

घटस्थापनादेखि सुरु गरिएको दुर्गा, देवी, भगवतीको पूजा आराधना सराय नाच नाचेपछि पूजासमेत विसर्जन गर्ने प्रचलन छ । यस्तो प्रचलन पाल्पासहित गुल्मी, अर्घाखाँची, पर्वतलगायतका जिल्लामा समेत कायम रहेको छ ।

दसैँको अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमाको दिन मन्दिरभित्रका खुँडा, खुकुरी, भालालगायतका हतियारसहित नाच्ने नाचलाई सराय भन्ने गरिन्छ । पाल्पा जिल्लाको ख्याहा, रैनादेवी छहरा, मुझुङ, लिपिनदेवी, बौघागुम्हा, मस्याम लगायतका स्थानमा सराय नाच्ने प्रचलन रहेकाे छ ।

सम्बन्धित खवर

देवदहमा गुञ्जिए नवराज पराजुलीका कविता

देवदह ५ मा वडास्तरीय खेलकुद समिति गठन: अध्यक्षमा नविन लुईटेल

सोईया महिला स्वावलम्बि संस्थाको अध्यक्षमा केशुमाया श्रेष्ठ

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास