आज अटवारी पर्व मनाउँदै थारु समुदाय

काठमाडौं : नेपालका थारु समुदायले मनाउने ‘अटवारी’ पर्व आजदेखि सुरु भएको छ।

आपसी मेलमिलाप, एकता र सुमधुर पारिवारिक सम्बन्धको प्रतीकको रूपमा मनाउने यो पर्व २ दिनसम्म मनाउने गरिन्छ।विशेष गरी दाङ, कैलाली,कञ्चनपुर, बाँके र बर्दिया जिल्लाहरूमा यो पर्व मुख्य रूपमा मनाउने प्रचलन छ।

श्रीकृष्ण जन्माष्टमीपछि आउने दोस्रो आइतबारबाट अटवारी पर्व सुरु हुन्छ। चाडपर्वको सुरुवातसँगै, थारु समुदायका बुबा र भाइहरू दिनभरि कडा उपवास (पानी समेत नपिई) छोरीहरू र दिदी बहिनीहरूको दीर्घायुको कामनाका लागि व्रत बस्ने चलन रहेको छ।

यो पर्वको दोस्रो दिन बिहान पतौला खरिया, खुर्मा, फुलौरी, भात, गब्दा र तामासहितका तरकारी र सात प्रकारको विभिन्न परिकार तयार गरी व्रतालुहरूले नुहाई धुवाइ पूजापाठ गर्ने प्रभात चौधरीले जानकारी दिए।

यो पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको बसोबास रहेको कैलाली र कञ्चनपुरमा आज सार्वजनिक बिदा दिएको छ। त्यस्तै,दाङको चार स्थानिय तहमा समेत सार्वजनिक बिदा दिइएको छ।

सम्बन्धित खवर

स्काउटको ६५ औं उड्वायज तथा ५३ औं गर्ल एडभान्स तालिम सुरु

ह्रदयन्द्रको नेतृत्वमा तान्त्रिक अनुष्ठान, टुनामुना गरेर राजावादीले गणतन्त्र ढाल्ने

आज पहाडी भेगमा वर्षा र चट्याङसहित हावाहुरीको सम्भावना

सगरमाथा आरोहीको अन्तरराष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा

अखिल नेपाल किसान महासंघ सिद्धार्थनगरको अध्यक्षमा जैसवाल

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

गणतन्त्र दिवस मूल समारोह समिति गठन

सगरमाथा संवाद सम्पन्न : हिमालका मुद्दा थप अन्तरराष्ट्रियकरण गर्न सफल