आजबाट धरहरा पार्किङ भवनको पहिलो तलामा निःशुल्क पार्किङ गर्न पाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आजबाट निःशुल्क पार्किङ सेवा दिने भएको छ ।

न्यूरोडको कालोपत्रे सडकमा पार्किङ निषेध गरेको महानगरले चालकहरूको सहजताका लागि त्यहाँ पार्किङस्थल उपलब्ध गराउने भएको हो ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले यसअघि काठमाडौं टावरमा निःशुल्क सेवा उपलब्ध गराएको महानगरले अब धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा सेवा उपलब्ध गराउन लागेको बताए ।

पाण्डेकाअनुसार ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुनेछ । शहीद गेटबाट नयाँ सडक जाँदा बायाँपट्टि काठमाडौँ मलबाट खिचापोखरीतर्फ लाग्ने सडकबाट पार्किङ गर्ने ठाउँमा पुगिन्छ ।

गएको दशैँदेखि छठ पर्वसम्मको अवधिमा वडा कार्यालयले साझेदार र स्थानीय क्लबहरूसँगको सहकार्यमा निःशुल्क पार्किङ सेवा दिएको थियो ।

संरचनागत रूपमा, यो ठाउँ नेपालकै ठूलो पार्किङ संरचना हो ।

सम्बन्धित खवर

शिवालय सामुदायिक वन उपभोक्ता समुहको २२ औं बार्षिक साधारण सभा सम्पन्न

नमुना एभरग्रीनमा खेल सप्ताह सुरु

देवदहमा दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

जय ट्रफीकाे उपाधी नेपाल पुलिसलाई

बीमा रकमकाे लाेभमा भारतीय प्रेमी सँग मिलेर आफ्नै श्रीमानको हत्या

राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

माघे संक्रान्ति विशेष: लुम्बिनी प्रदेशद्वारा सांस्कृतिक संरक्षणमा योगदान

आज हिमाली भागमा हिमपात संगै पहाडी भेगमा पानी पर्ने सम्भावना