बुटवल । बुटवलकाे पर्दशनी स्थलमा आजदेखि लुम्बिनी एक्स्पो-२०८० तथा अन्तर्राष्ट्रिय व्यापार मेला लाग्ने भएको छ ।
एक्स्पोको बिहीबार आज दिउँसो पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । एक्स्पोमा १०विदेशीसहित ६ सय स्टल रहेका छन् ।
मेलामा गौतमबुद्धको जन्मस्थल लुम्बिनीसहित प्रदेशभित्रका धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा ऐतिहासिक महत्त्व बोकेका सम्पदाहरू एवं स्थलहरूको प्रवर्द्धनात्मक प्रचारप्रसार गरिने आयोजकले बताएकाे छ ।
कोरोनापछि बुटवलको व्यापार व्यवसायमा केही शिथिलता छाएका बेला यो मेलाले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको दाबी छ ।
त्यस्तै मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति समेत रहने छ । त्यसैगरी डान्स आइडियल, लोक दोहोरी प्रतियोगिता, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, विद्यालय स्तरीय वादविवाद प्रतियोगिता, र्याप गीत प्रतियोगिता र भजन प्रतियोगिता गराइने आयोजकले बताए ।