आजदेखि खसीबोका बिक्री गर्दै खाद्य कम्पनी, बजार मूल्यभन्दा महँगो

काठमाण्डाै । सरकारले सहुलियत मूल्यमा बिक्री गर्ने खसी, बोका र चाङ्ग्राको मूल्य तोकेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि बिक्री गर्ने गरी खसीबोका र च्याङ्ग्राको मूल्य तोकेको हो ।

जिउँदो खसी–बोकाको प्रतिकिलो मूल्य ६ सय ८० रुपैयाँ र जिउँदो चाङ्ग्राको प्रतिकिलो मूल्य एक हजार २ सय ६० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । यो मूल्यमा कम्पनीले प्रतिकिलो १० रुपैयाँ छुट दिनेछ । तर सरकारी स्वामित्वको कम्पनीले छुट दिएको दाबी गरे पनि बजारमा व्यापारीहरुले बिक्री गरिरहेको मूल्यभन्दा किलोमै ३० रुपैयाँ महँगो परेको छ ।

अहिले काठमाण्डौको बजारमा खसीबाेका किलोको ६ सय ४० रुपैयाँदेखि ६ सय ५० रुपैयाँसम्ममा बिक्री भइरहेको व्यापारीहरुले बताएका छन् । च्याङ्ग्रा भने अरु व्यापारीले बिक्री गरिरहेको भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तोकेको मूल्य सस्तो छ । व्यापारीहरुले च्याङ्ग्रा किलोको एक हजार तीन सय ५० रुपैयाँमा बिक्री गरिरहेका छन् ।

कम्पनीले यो वर्ष दुई हजार खसीबाेका र एक हजार च्याङ्ग्रा खरिद गरी काठमाण्डौ ल्याएको छ । कम्पनीको थापाथलीमा रहेको कार्यालयबाट आज बिहानदेखि बिक्री शुरु भएको कम्पनीले जनाएको छ ।

यसैबीच पशुसेवा विभागले सिङमा हरियो रङ लगाएको खसिमात्र किन्न उपभोक्तालाई अनुरोध गरेको छ।

 

सम्बन्धित खवर

शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन फिर्ता

लुम्बिनी सरकार बजेटको तयारीमा : राजनीतिक दलसँग छलफल

आज देशभर अक्षय तृतीया पर्व मनाइँदै

मुख्यमन्त्री आचार्यद्वारा भालुबाङ अस्पतालको उद्घाटन

पाल्पामा जिप दुर्घटना हुदा तीन जनाको मृत्यु, दुई जना घाइते

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या