आगोलागीबाट तुलसिपुरमा ५ जनाको मृत्यु

दाङ । दाङ तुलसीपुरमा लागेको आगोमा परी ५ जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ ‘ङ’ लाइनस्थित ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाममा आगलागी हुँदा ५ जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

मृत्यु हुनेको परिचय भने खुलेको छैन । मृत्यु हुनेमा ४ पुरूष र १ बालिका छिन् । आज राती २ बजेतिर आगलागी भएको गोदाममा केही समय अघिमात्रा आगलागी नियन्त्राणमा आएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको हो।

बिहान पौने दुई बजेतिर गस्तीमा गएको प्रहरीको टोलीले आगो लागेको देखेका थिए। त्यसपछि नियन्त्रणका लागि प्रयास भए पनि करिब ५ घन्टापछि मात्र आगो नियन्त्रणमा आएको हो।

विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान रहेको छ।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने