अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०२४ देखि २०२७ सम्मको आईसीसी यू-१९ प्रतियोगिता सञ्चालन गर्न नेपाल सहित विभिन्न देशलाई आयोजक राष्ट्रको रूपमा मान्यता दिएको छ ।
आईसीसीले २०२७ मा नेपाल र बंगलादेशलाई संयुक्त रुपमा यू-१९ महिला विश्वकप आयोजनको अवसर दिएको हो ।
यसैक्रममा नेपालले २०२७ को यू-१९ महिला विश्वकपको सहआयोजकको अवसर पाएको छ ।
२०२७ मा नेपाल र बंगलादेशलाई संयुक्त रूपमा उक्त प्रतियोगिता आयोजनाको मान्यता दिइएको हो ।
आईसीसीको बोर्ड बैठकको निर्णयअनुसार २०२४ को यू-१९ पुरुष विश्वकप श्रीलंका, २०२६ को संस्करण जिम्बाबे र नामिबियामा आयोजक हुनेछन् ।
त्यस्तै आईसीसीको बोर्ड बैठकले नेपालसहित बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड, जिम्बावे र नामिवियालाई सन् २०२४ देखि २०२७ सम्मका आईसीसी यू–१९ प्रतियोगिताको जिम्मा दिने निर्णय गरेको हो ।
जसअनुसार सन् २०२७ को यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशमा हुने छ । त्यसअघि सन् २०२५ को प्रतियोगिता भने मलेसिया र थाइल्याण्डले आयोजना गर्ने छन् ।