आईपीएल फाइनल आज: उपाधिका लागि कोलकाता र हैदराबाद भिड्दै

बुटवल । भारतमा भैरहेको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज कोलकाता नाइट राइडर्स र सनराईजर्स हैदराबाद भिड्दैछन्।

१७औँ संस्करणको फाइनल खेल चेन्नईमा नेपाली समयअनुसार आज बेलुका पौने ८ बजे शुरु हुनेछ।

तेश्रो पटक उपाधीको दाउमा रहेको कोलकाताले दोश्रो पटक उपाधि दाउमा रहेको सनराइजरको भिडन्त उत्कृष्ट हुने अपेक्षा गरिएको छ ।

गत मङ्गलवार भएको पहिलो क्वालिफायरमा हैदराबादलाई ८ विकेटले हराउँदै कोलकाता फाइनलमा पुगेको थियो।

शुक्रवार भएको दोस्रो क्वालिफायरमा हैदराबादले राजस्थान रोयल्सलाई ३६ रनले हराउँदै कोलकातासँगको भेट पक्का गरेको थियो।

कोलकता आईपीएल क्रिकेटको दुई पटकको विजेता टोली हो। उसले सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो। त्यस्तै हैदराबादले यसअघि एक पटक उपाधि जितेको छ। उसले सन् २०१६ मा आईपीएलको उपाधि जितेको थियो।

हैदरावाद र कोलकाताको हेड टु हेड अहिलेसम्म कोलकाता अगाडि छ। पाँच प्रतिस्पर्धामा हैदरावादले एउटा मात्र जित निकालेको छ। यो सिजनमा भएका दुई भेटमा कोलकाता विजयी भएको थियो ।

सम्बन्धित खवर

स्काउटको ६५ औं उड्वायज तथा ५३ औं गर्ल एडभान्स तालिम सुरु

ह्रदयन्द्रको नेतृत्वमा तान्त्रिक अनुष्ठान, टुनामुना गरेर राजावादीले गणतन्त्र ढाल्ने

आज पहाडी भेगमा वर्षा र चट्याङसहित हावाहुरीको सम्भावना

सगरमाथा आरोहीको अन्तरराष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा

अखिल नेपाल किसान महासंघ सिद्धार्थनगरको अध्यक्षमा जैसवाल

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

गणतन्त्र दिवस मूल समारोह समिति गठन

सगरमाथा संवाद सम्पन्न : हिमालका मुद्दा थप अन्तरराष्ट्रियकरण गर्न सफल