आईपीएल क्रिकेटमा मुम्बईले पञ्जाबलाई ९ रनले हरायो

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले पञ्जाब किङग्सलाई ९ रनले हराएको छ । पञ्जाबका आशुतोष शर्माले ६१ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । मुम्बइका सूर्य कुमारले अर्धशतकीय पारी खेले । जितका लागि एक सय ९३ रनको लक्ष्य पछ्याएको पञ्जाब १९ ओभर एक बलमा  एक सय ८३ रनमा अलआउट भयो ।

पञ्जाबले १४ रन जोड्दा पहिलो क्रमका ४ खेलाडी गुमाएको थियो । टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९२ रन बनाएको थियो । सूर्य कुमारले ७८ रन तथा रोहित शर्माले ३६ रन बनाए ।

७ खेलमा मुम्बईको यो तेस्रो जित हो । मुम्बई ६ अङ्कसहित सातौँ स्थानमा छ । समान खेलमा पञ्जाब ४ अङ्कसहित नवौँ स्थानमा छ । आईपीएल क्रिकेटमा आज लखनउ सुपर जाइन्ट्स र चेन्नई सुपर किंग्स खेल्दैछन् ।

यो खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे लखनउमा शुरु हुनेछ ।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने