अहिलेको सरकारले आर्थिक क्षेत्र सुधार गर्न सक्दैन : पूर्वअर्थमन्त्री विष्णु पौडेल

बिज्ञापन

बुटवल । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले अहिलेको सरकारले आर्थिक क्षेत्र सुधार गर्न नसक्ने दाबी गर्नुभएकाे छ ।

बिज्ञापन

रुपन्देही व्यापार संघले आयोजनामा गरेको लुम्बिनी एक्स्पो-२०८०, अन्तर्राष्ट्रिय व्यापार मेला लाइ बिहीबार उद्घाटन गर्दै उहाँले मुलुकमा देखिएको विद्यमान संकटको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनु भयाे ।

सरकारको अस्तव्यस्तताले मुलुकको पूँजीगत खर्च लथालिङ्ग भएको र राष्ट्रिय गौरवका आयोजना अगाडि बढ्न नसकेको उहाँको भनाइ थियो ।

बिज्ञापन

‘सरकारमा बस्ने तर जिम्मेवारी नलिने प्रवृत्ति देखापरेको छ । अहिले मुलुकमा संकट निम्तिनुको प्रमुख जिम्मेवार सरकार हो’, उहाँले भन्नुभयाे , ‘राष्ट्रिय संकटको जिम्मेवारी संघीय सरकारले, प्रदेशमा देखिएको संकटको जिम्मेवारी प्रदेश सरकारले र स्थानीय तहमा देखिएका समस्याहरुको जिम्मेवारी स्थानीय सरकारले लिनुपर्छ । सरकारमा पनि बस्ने अनि अरुलाई दोष दिएर जिम्मेवारीबाट उम्किन मिल्दैन ।’

उपाध्यक्ष पौडेलले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा भैरहेको ढिलाइप्रति आपत्ति समेत जनाउनुभयाे । विमानस्थल चलाउन नसक्ने सरकारले अरु केही गर्न नसक्ने उहाँको भनाइ थियो ।

उहाँले सरकार पूर्ण रुपमा असफल भएको बताउदै । ‘बनेको विमाननस्थल चलाउन नसक्ने सरकारले अरु केही गर्न सक्दैन, सरकार पूर्ण रुपमा असफल भएको छ’ ।

 बुटवल-नारायणगढ सडक निर्माणमा भैरहेको ढिलाइप्रति आक्रोश व्यक्त गर्दै सरकारले सडक निर्माणलाई तदारुकता नदेखाएर तमासा देखाइरहेको उहाँकाे भनाइ थियाे ।

 

उद्घाटन समाराेहमा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री लीला गिरीले सरकारमा रहेका दलहरु सत्ता टिकाउनेमा मात्र केन्द्रित रहेको बताउदै विकास निर्माणभन्दा पनि कसरी सत्तामा टिकिरहने भन्ने चिन्ता सत्तामा रहेका दलहरुमा रहेकाे उल्लेख गर्नुभयाे ।

 

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे, रुपन्देही व्यापार संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवाली, नेकपा माओवादी केन्द्रका निर्मल जीसी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, मेला आयोजक मूल समितिका संयोजक एवं संघका अध्यक्ष कृष्णप्रसाद घिमिरे, उपाध्यक्ष डिल्लीप्रसाद भण्डारी, महासचिव दयानिधि भण्डारीलगायतले निजी क्षेत्र अहिले ठूलो संकटबाट गुज्रिरहेको धारणा राख्नुभएकाे थियाे ।

 

लुम्बिनी एक्स्पोको उद्घाटनअघि जनचेतना र्याली निकालिएको थियो । पुस १८ गतेसम्म चल्ने मेलामा १० विदेशीसहित ६०० स्टल छन् । संघले १० लाख दर्शकले अवलोकन गर्ने र ५० करोडको कारोबार गर्ने लक्ष्य लिएको जनाएको छ ।

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व