अस्ट्रेलिया छैटौँ पटक विश्वकप बिजेता बन्दा भारत ६ विकेटले हार्याे

बिज्ञापन

बुटवल । भारतलाई हराउँदै अस्ट्रेलियाले छैटौँ पटक आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आज आइतवार भएको फाइनल खेलमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले हरायो ।

बिज्ञापन

भारतले दिएको २ सय ४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर भेटायो । अस्ट्रेलियाका ट्राभिस हेडले शतक बनाए । हेड १ सय २० बलमा १ सय ३७ रन बनाएर आउट भए । यस्तै मार्नुस लाबुशेन ५८ रनमा नटआउट रहे । बलिङतर्फ भारतका जसप्रीत बुमराहले २ विकेट लिए ।

यसअघि काेलकाताकाे इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेकाे दक्षिण अफ्रिका ४९ ओभर ४ बलमा २ सय १२ रनमा अलआउट भयाे । दक्षिण अफ्रिकाका डेभिड मिलरले शतक बनाए । उनी १ सय १६ बलमा १ सय १ रन बनाएर आउट भए । यस्तै हेनरिच क्लासेनले ४७ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्क र प्याट कमिन्सले समान ३ विकेट लिए ।

बिज्ञापन

अस्ट्रेलियाले यसअघि सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो । भारत सन् १९८३ र २०११ को विजेता हो ।

सम्बन्धित खवर

सगरमाथा आवासीय मा.विमा नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमूखिकरण

म कहाँ आउनु

बुटवलकाे नयाँ बसपार्कमा सुविधा सम्पन्न स्नानगृह सञ्चालनमा

स्मृति सामुदायिक वनमा वृक्षरोपण

रुपन्देही उद्योग संघमा थप दुई वस्तुगत समिति गठन

अनेरास्ववियुले बुझायो देवदह नगरपालिकामा ज्ञापनपत्र

देवदह ५ बन्यो नगरकै पहिलो बाल मैत्री वडा

शेयर बजार अर्थतन्त्रको ऐना भएकाेले परिस्थिति अनुकुल बनाउछुः -अर्थमन्त्री पौडेल