अस्ट्रेलियामा बन्यो नेपालकै झल्काे दिने नेपाली गाउँ!

बुटवल । अस्ट्रेलियामा फिल्मकाे लागि नेपालको गाउँ जस्तै देखिने सेट बनाइएको छ।

हलिउड फिल्म ‘द आइस रोड २’ का लागि अस्ट्रेलियाको भिक्टोरियामा नेपालको गाउँजस्तै देखिने सेट बनाइएको हाे।

यस फिल्ममा नेपाली गाउँको कथा समेट्नु पर्ने भएपछि उक्त सेट तयार पारिएको हो। भेरायटी म्यागेजिनका अनुसार यस फिल्मको सुटिङ पहिले उत्तरी क्यानडामा गर्ने योजना थियो तर निर्माण टिमले अस्टेलियाको भिक्टोरियामा सारेका हुन्। हाल फिल्मको छायांकन भिक्टोरियास्थित वालहल्लामा भइरहेको छ।

अस्ट्रेलियामा नेपालको पहिचान र संस्कृति झल्कने गरी सेट तयार पारिएको छ। बेन्जी डूडल युट्युब च्यानलमार्फत एक भिडिओ सार्वजनिक गरिएको छ। जसमा अस्ट्रेलियामा बनाइएको नेपाली गाउँको सेट देख्न सकिन्छ।

यो फिल्मको छायांकनबाट भिक्टोरिया राज्यलाई २० मिलियन अमेरिकी डलर फाइदा हुने बताइएको छ। यसले भिक्टोरिया राज्यमा ६०० जनाले रोजगारीको अवसर पनि पाउने छन्।

यो फिल्म ‘द आइस रोड’ को दोस्रो शृंखला हो। जोनाथन हेन्स निर्देशित फिल्ममा लियाम निसनले ट्रक चालकको भूमिका निर्वाह गरेका छन्।

सम्बन्धित खवर

बुद्धका सन्देशलाई फैलाएर शान्तिदूतको भूमिका निर्वाह गर्न सकिन्छ: पूर्व राष्ट्रपति

देवदहमा गुञ्जिए नवराज पराजुलीका कविता

देवदह ५ मा वडास्तरीय खेलकुद समिति गठन: अध्यक्षमा नविन लुईटेल

सोईया महिला स्वावलम्बि संस्थाको अध्यक्षमा केशुमाया श्रेष्ठ

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण