अराजकता र हैकमबादी चरित्र भएको भन्दै बर्दियामा रास्वपाका कार्यकर्ताले पार्टी छाेडे (विज्ञप्तीसहित)

बुटवल । बर्दियाको गुलेरियामा राष्ट्रिय स्वतन्त्र पार्टीका करिब दुई दर्जन नेता कार्यकर्ताले एकै पटक पार्टी छाडेका छन् ।

पार्टीभित्रको गुट उपगुट, स्वार्थीपन र नेतृत्वप्रति रहेको स्वार्थीपनाका कारण आफूहरू पार्टीमा रहन नसकेको उनीहरूले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

गुलरिया नगरपालिका वडा नं ४ को विभिन्न पदमा रहेका २१ जनाले सामूहिक हस्ताक्षरसहितको राजीनामा बुझाउँदै पुराना दलका नेताहरू नयाँ भनिएको दलमा स्वार्थहरू उस्तै रहेकाले आफूहरू यो पार्टीमा बस्न नसकेको जनाइएको छ ।

उनीहरूले पार्टीका बर्दिया जिल्ला संयोजकलाई सम्बोधन गरेर लेखेको पार्टी परित्यागको पत्र क्षेत्र, प्रदेश र केन्द्रीय कमिटीलाई बोधार्थ दिइएको छ । तर रास्वपाको नगर कमिटीले राजीनामा बुझाएका वडा सभापति प्रेमबहादुर खड्कालाई कारबाही गरेका कारण यस्तो भएको हुनसक्ने दाबी गरेको छ ।
विज्ञप्ती-

सम्बन्धित खवर

शिवालय सामुदायिक वन उपभोक्ता समुहको २२ औं बार्षिक साधारण सभा सम्पन्न

नमुना एभरग्रीनमा खेल सप्ताह सुरु

देवदहमा दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

जय ट्रफीकाे उपाधी नेपाल पुलिसलाई

बीमा रकमकाे लाेभमा भारतीय प्रेमी सँग मिलेर आफ्नै श्रीमानको हत्या

राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

माघे संक्रान्ति विशेष: लुम्बिनी प्रदेशद्वारा सांस्कृतिक संरक्षणमा योगदान

आज हिमाली भागमा हिमपात संगै पहाडी भेगमा पानी पर्ने सम्भावना