अमेरिकामा कृकेट लिग खेल्न दीपेन्द्रसहित छ जना नेपाली खेलाडीलाई निम्तो

नेपाली राष्ट्रिय क्रिकेटमा टिमका ६ खेलाडीलाई अमेरिकामा टि–२० लिग खेल्ने निम्तो आएको छ। फ्लोरिडामा हुन लागेको युएस ओपनर टि–२० क्रिकेटका लागि अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल मल्लसहित ६ जनालाई प्रस्ताव आएको हो।

दीपेन्द्र र कुशलसहित ओपनर अनिल साह र आसिफ शेख, अलराउन्डर आरिफ शेख तथा स्पिनर ललित राजवंशीलाई युएस ओपनका लागि प्रस्ताव आएको हो। तर, उनीहरुले खेल्ने नखेल्ने अहिले टुंगो लागिसकेको छैन।

कृकेट एशाेसिएसन अफ नेपालले खेलाडीलाइ अमेरिका पठाउन सहयाेग गर्ने बताएकाे छ । भिषा लागेकाे खण्डमा नेपाली खेलाडीहरू अमेरिकामा लिग खेल्न जानेछन ।

नेपाल टि–२० लिग च्याम्पियनको विजेता टिम लुम्बिनी अल स्टार्सको समकक्षी टिम डालास अल स्टार्सले उनीहरुलाई निम्तो दिएको छ। नेपाल टि–२० लिगमा लुम्बिनीलाई दीपेन्द्रले कप्तानी गरेका थिए भने अनिल पनि टिममा थिए।

युएस ओपन डिसेम्बर ८ देखि १६ सम्म आयोजना हुनेछ। प्रतियोगितामा ८ टिमको सहभागी रहनेछ छ। प्रतियोगिताको विजेताले २ लाख ५० हजार डलर पाउनेछ।

सम्बन्धित खवर

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

सेयर बजारमा उच्च गिरावट, नेप्से परिसूचक २५८२ अंकमा कायम

प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बने ललित राजवंशी