अब हिमालय एयलाइन्सले भैरहवाबाट दैनिक मलेसिया उडान भर्ने

हिमालय एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान थालेको छ । हिमालय जजिरा एयरवेजपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गर्ने दोस्रो कम्पनी बनेको छ ।

बिहीबार मलेसियाको क्वालालम्पुर विमानस्थलबाट भैरहवा अवतरण गरेको हिमालय एयरलाइन्सको पी-३२०जहाज बिहीवार क्वालालम्पुरका लागि उडेको हो । हिमालयले मलेसिया पठाउने अधिकांश यात्रुलाई काठमाडौंबाट भैरहवा ल्याएको थियो । १३५ यात्रुलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वालालम्पुर पठाइएको हो ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार अहिले दैनिक चार्टड उडान थालिएको हो । यो परीक्षण सफल भएमा हिमालयले सेड्युल उडान थाल्ने उनले जानकारी दिए । चार्टर्ड भएपनि दैनिक रुपमा नियमित दरकै भाडामा हिमालयले भैरहवाबाट उडान भर्नेछ ।

हिमालयले बर्मामा समेत उडान बिस्तारको सम्भावनाबारे समेत अध्ययन गरिरहेको जानकारी दिए । सो मुलुकबाट धार्मिक पर्यटनको सम्भावना देखिएको उनले बताए ।

हिमालयले गौतमबुद्धलाइ आफ्नो विमानस्थल मानेर सञ्चालन गर्ने उनले बताए । कम्पनीले अन्य सरोकारवालाबाट समेत सोही अपेक्षा राखेको बताए । हिमालयले गौतमबुद्धबाट उडान गर्दा सरकारले पनि सहयोग गर्नुपर्ने बताए । सरकारले अभिवावकत्व दिनु पर्ने भन्दै उनले हिमालयले सरकारको ट्रेजरीमा १४ अर्ब रुपैयाँ राजस्व बुझाइसकेको बताए ।

सोही अनुसार काठमाडौंमा सेल्फ ग्राउन्ड हान्डिलिङ गर्न पाउनु पर्ने माग गरे । भैरहवामा जहाज बेस गर्ने, भैरहवाबाट उडान गर्ने लक्ष्य राखिएको भन्दै यहाँ पनि व्यापारिक ग्राउन्ड ह्यान्डिन्लिङ दिनुपर्ने माग गरे । विगतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनुमति पाएर पनि काम गर्न नपाएको उनको भनाइ छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले विमानस्थल नचल्नुमा श्रम सम्बन्धी विषय मुख्य रहेको श्रमका समस्या समाधान हुने क्रममा रहेको बताए । । बिमा, मेडिकल, होटेलसहितका अनेक विषयले समेत समस्या गरेको बताए ।

पाइरहेको ठाउँ वायुसेवाले नछाड्ने प्रचलन रहेको भन्दै वायुसेवा कम्पनीलाई बाध्यकारी बनाइएको उनले जानकारी दिए । नेपालमा दैनिक चार उडान गर्नुपर्ने सबै वायुसेवा कम्पनी भैरहवा आउनु पर्ने नियम अनिवार्य भएको भन्दै यो बाध्यकारी हुने समेत बताए ।

काठमाडौंमा अहिलेको भन्दा बढी क्षमतामा उडानको अवसर दिन सक्दिन भनेको भन्दै उनले वायुसेवा कम्पनीले बिजनेस बन्द गर्ने वा भैरहवा आउने भन्ने विकल्पमा एक रोज्नुपर्ने बताए ।

आन्तरिक विमानस्थलका वायुसेवा कम्पनीले समेत काठमाडौंबाट भैरहवा आउने अन्तर्राष्ट्रिय उडानका यात्रुलाई टिकटका आधार २५ प्रतिशत छुट दिनुपर्ने उनले बताए । यसमा वायुसेवा कम्पनीसँग छलफल गरिरहेको बताए ।

उनका अनुसार प्रतिउडान १० यात्रुलाई अन्तर्राष्ट्रिय उडानमा जस्तै ब्यागेज बोक्न दिनुपर्ने निर्णय भएको समेत उनले बताए ।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने