अब रुपन्देहीमा रात्रीकालिन व्यवसाय सञ्चालन हुने

बुटवल – जिल्ला प्रशासन कार्यालय रुपन्देहीले ‘रात्रिकालीन होटेल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालन सम्बन्धी मापदण्ड, २०७९’ तयार गरेको छ । यससँगै भैरहवा, बुटवल तथा आसपासका क्षेत्रमा रात्रिकालीन व्यवसायको बाटो खुलेको छ ।

बिज्ञापन

व्यवसायीहरूको लामो समयको मागपछि रुपन्देहीमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने वातावरण तयार भएको हो । द्वन्द्वकाल सुरक्षाको कारण देखाउँदै बन्द गरिएका रात्रिकालीन व्यवसाय लामो समयपछि सञ्चालनमा आउने भएपछि यस क्षेत्रका व्यवसायीहरू उत्साहित देखिएका छन् ।

यो निर्णयसँगै बजारमा चहलपहल बढ्ने आशा बढेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मापदण्डमा रहेर रात्रिकालीन व्यवसाय सञ्चालन गर्न सक्ने सूचना प्रकाशन गरेको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले व्यवसायीहरूले अब रात्रिकालीन व्यवसाय सञ्चालनका लागि निवेदन दिन सक्ने जानकारी दिए । उनले मापदण्डले निर्दिष्ट गरेको सूचकको आधारमा निवेदन दिएकालाई व्यवसाय सञ्चालनको अनुमति दिन सकिने बताए ।

बिज्ञापन

तयार भएको मापदण्डमा जिल्लामा होटेल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालन गर्ने व्यवसायीले व्यवसायको प्रकृतिअनुसार अधिकार प्राप्त निकायमा दर्ता गरी व्यवसाय सञ्चालन गरेको हुनु पर्ने पहिलो सर्त तोकेको छ । दर्ता भएका व्यवसाय रात्रिकालीन समयमा सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीसँग अनुमति लिनु पर्नेछ । व्यवसायीले जिल्ला प्रशासन कार्यालयमा रातिमा व्यवसाय सञ्चालनका लागि अनुमति मागे स्थलगत अनुगमन गरी रातिको समय तोकी सञ्चालन अनुमति दिन सक्ने व्यवस्था रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए । तर यसरी रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा सदाचार र नैतिकताको आधारभूत मूल्यमान्यता प्रतिकूल नहुने गरी सञ्चालन गर्नुपर्ने प्रशासनको सर्त रहेको छ । यसका लागि प्रशासनले डिस्को, डान्स रेस्टुरेन्ट एन्ड बार, लाइभ ब्यान्ड, पब, बार क्लबलगायतमा १८ वर्षभन्दा मुनिका बालबालिकाको प्रवेश निषेध गरेको छ ।

ताजा समाचार

IMG-20230929-WA0031

नमूना एभरग्रीनमा हिसाब दौड प्रतियोगिता

IMG_20230929_212439

विश्व मुटुु दिवसको अवसरमा देवदहमा स्वास्थ्य सचेतना र अभिमुखीकरण कार्यक्रम

20230929_161044

नेपाली पब्जी टिम डिआरएस पुग्यो एसियाडको सेमिफाइनलमा

212586-rape

१५ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गर्ने ६ जना मध्ये २ जना पक्राउ

Death Body

खम्बाकाे बत्ती निभाउदा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

FB_IMG_1695968484236

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड खेलाडी विमल पनी गए अस्ट्रेलिया

सम्बन्धित खवर

IMG-20230929-WA0031

नमूना एभरग्रीनमा हिसाब दौड प्रतियोगिता

IMG_20230929_212439

विश्व मुटुु दिवसको अवसरमा देवदहमा स्वास्थ्य सचेतना र अभिमुखीकरण कार्यक्रम

20230929_161044

नेपाली पब्जी टिम डिआरएस पुग्यो एसियाडको सेमिफाइनलमा

212586-rape

१५ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गर्ने ६ जना मध्ये २ जना पक्राउ

Death Body

खम्बाकाे बत्ती निभाउदा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

FB_IMG_1695968484236

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड खेलाडी विमल पनी गए अस्ट्रेलिया

received_1207462920151518

देवदह टेलिभिजन नयाँ व्यवस्थापनका साथ सञ्चालनमा

FB_IMG_1695903249616

ज्ञानज्योति मा.विमा नि:शुल्क आँखा जाँच शिविर