अब भैरहवाबाटै श्रम स्वीकृति

बुटवल । अब रुपन्देहीको भैरहवाबाटै श्रमस्वीकृती काम हुने भएको छ। वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको सुविधाका लागि सरकारले ‘वैदेशिक रोजगार व्यवस्थापन शाखा’ को स्थापना गरेर भैरहवाबाटै श्रमस्वीकृती गरिदिने व्यबस्था मिलाएको हो ।

बिज्ञापन

बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले बैदेशिक रोजगार व्यवस्थापन शाखाको उद्घाटन गर्दै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान संचालन भएसँगै पायक पर्ने श्रमिकलाई सहज बनाउनका लागि वैदेशिक रोजगार व्यवस्थापन शाखाको स्थापना गरिएको उनले बताए ।
उनले मेनपावर कम्पनीहरूलाई भैरहवामा कार्यालय खोल्न आग्रह गरे ।।भैरहवाबाट वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई छुट दिएर सुलभ सेवा दिनका लागि उनले होटल, ट्राभल एजेन्सी लगायतका सम्बद्ध व्यवसायीलाई उनको आग्रह छ ।

मन्त्री श्रेष्ठले बुधवार भैरहवाको कार्यालयबाट कतार जाने अस्कर अली मियाको श्रम स्विकृति गरेर कार्यालय सुचारु गरेका हुन ।
भैरहवामा कार्यालय खोलेर मात्रै नहुने भन्दै सांसद प्रमोद यादवले वैदेशिक रोजगारमा जाने व्यक्तिलाई आवश्यक पर्ने कागजपत्र छिटो र सहज ढंगबाट हुने व्यवस्था मन्त्रालयले गर्नु पर्नेमा जोड दिए।कार्यालयको कामलाई सहज ढंगले अगाडि बढाउनको लागि मेनपावर कम्पनी पनि आवश्यक रहेकोले भैरहवामा आउने मेनपावर कम्पनीलाई सरकार सहयोग गर्न तयार भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए ।
विदेश जानेहरुका लागि पूर्व श्रम स्वीकृति, अन्तिम श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम हुने भएको छ । यो सँग श्रम स्वीकृतिको लागि काठमाडौं धाइ रहनुपर्ने बाध्यता हटेको छ ।

बिज्ञापन

भैहरवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भए लगत्तै कुवेतको जजिरा एयरले हप्तामा तिन दिन उडान गरिरहेको छ । छिट्टै अन्य देशका नियमित उडान गर्ने तयारीमा सरकार लागि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

देवदहमा बौद्ध दर्शन सम्बन्धि प्रवचन

देवदहमा जारी तेश्रो अन्तर वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता: क्वाटर फाईनलका खेलहरु सम्पन्न

देवदहमा जारी वडास्तरीय फुटवल प्रतियोगितामा वडा नं ३ र १२ सेमीफाईनल प्रवेश

वाफ वुमन्स च्याम्पियनसिपमा आज प्यालेस्टाइनसँग खेल्दै नेपाल

समाजिक सञ्जालले लोकतन्त्रमा खतरा ल्यायो भन्ने कुरामा सहमत हुन सकिदैन; -एमाले उपाध्यक्ष पौडेल

जाजरकाेटका भूकम्प पीडितलाई क्यानकाे २० लाख रुपैयाँ सहयाेग

देवदहमा जारी वडास्तरीय फुटवल प्रतियोगितामा वडा नं ५ र ७ विजयी

देवदह नगरपालिकाद्वारा एकीकृत घुम्ती सेवा सुरु