अब बन्दीलाई प्रजननका लागि ‘यौन अधिकार’

काठमाडौं । अब कारागारमा रहेका दम्पत्तिले प्रजननका लागि यौन अधिकार पाउने भएका छन् । प्रतिनिधि सभाको बैठकले पारित गरेको कारागार विधयेक, २०७८ मा बन्दी जीवन बिताइरहेका दम्पत्ति वा कुनै एकले प्रजनन अधिकारका लागि यौन सम्पर्क गर्न पाउने व्यवस्था छ ।

प्रतिनिधि सभाबाट पारित भएको विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएपछि कार्यान्वयनमा आउनेछ । लामो समययता छलफलमा रहेको यो विधेयकमा प्रजननका लागि यौन अधिकार सुनिश्चित गरिएको छ ।

बन्दी गर्भवती वा सुत्केरी कारागारबाहिर जान पाउने प्रबन्ध पनि गरेको छ । गर्भवती वा सुत्केरी बन्दीका लागि बसोबास, खानपान र स्वास्थ्यपरीक्षणको विशेष व्यवस्था तोकिएको छ ।

बन्दीले पढ्न पाउने व्यवस्था, स्वाबलम्बी बनाउने प्रयास, विवाह दर्ता गर्न पाउने, नाबालक आमासँग बस्न पाउने, भाग्न खोज्ने बन्दीलाई थप कडा सजायको व्यवस्था गरिएको छ ।

सम्बन्धित खवर

स्काउटको ६५ औं उड्वायज तथा ५३ औं गर्ल एडभान्स तालिम सुरु

ह्रदयन्द्रको नेतृत्वमा तान्त्रिक अनुष्ठान, टुनामुना गरेर राजावादीले गणतन्त्र ढाल्ने

आज पहाडी भेगमा वर्षा र चट्याङसहित हावाहुरीको सम्भावना

सगरमाथा आरोहीको अन्तरराष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा

अखिल नेपाल किसान महासंघ सिद्धार्थनगरको अध्यक्षमा जैसवाल

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

गणतन्त्र दिवस मूल समारोह समिति गठन

सगरमाथा संवाद सम्पन्न : हिमालका मुद्दा थप अन्तरराष्ट्रियकरण गर्न सफल