अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा सम्मान तथा सहायता सामग्री हस्तान्तरण

देवदह // रुपन्देहीको देवदहमा अन्तराष्ट्रिय  अपाङ्गता दिवसको अवसरमा सम्मान तथा सहायता सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । देवदह नगरपालिकाको आयोजना र अपाङ्ग समाज सेवा केन्द्रको  समन्वयमा सो कार्यक्रम भएको हाे ।

देवदह नगरपालिकाकाे नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङको अध्यक्षतामा भएकाे कार्यक्रममा अपाङ्गता भएका व्यक्तिलाई उचित स्याहार सुशार गर्ने एक घरका सदस्यलाई सम्मान पत्र, दोसल्ला र नगद सहित सम्मान गरिएको थियो भने अपाङ्गता भएका व्यक्तिलाई बल्याङ्केट र सहायता सामग्री हस्तान्तरण गरिएको हो । सम्मान पाउनुहुनेमा तारा चौधरी, प्रकाश तिवारी, गंगा बहादुर रास्कोटि, राम बहादुर सार्की, नारायण/ मन बहादुर सारु, विष्णु बहादुर मगर , तुल बहादुर पुन मगर, छवि जि.सी, रमेश चौधरी, होम बहादुर राना, पुजनी हरिजन लगाएत रहनुभएको थियो । साथै अपाङ्गताको क्षेत्रमा योगदान पुर्‍याए बापत द लेप्रोसी नेपाल ईम्प्याक्ट परियोजना, नयाँ जीवनका लागि हातेमालो संस्था र सोईया महिला स्वावलम्बी संस्थालाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको नगर उपप्रमुख गुरुङले एकतिसौँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको शुभकामना दिदै देवदह नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि विभिन्न कार्यक्रमहरू गरिरहेको बताउनुभयो। उहाले हरेक डिसेम्बर ३ मा विभिन्न कार्यक्रम गरी अपांङ्गता दिवस मनाईने र लक्षित वर्गलाई प्रभाव पर्ने गरि यसलाई निरन्तरता दिने बताउनु भयाे ।

कार्यक्रममा देवदह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष कृष्णप्रसाद अधिकारी, नयाँ जिवनका लागि हातेमालो संस्थाको वरिष्ठ परियोजना संयोजक मना पाण्डे लगाएतले बोल्दै अपाङ्गता भएका व्यक्तिहरुको लागि न्युनतम सेवा सरकारले दिने प्रक्रिया सुरु गरेको बताएका थिए । अपाङ्ग समाज सेवा केन्द्रको  सह सचिव धर्मप्रसाद सापकोटाको स्वागत र इन्दिरा भुषालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने