अनेरास्ववियु सैनामैनाको अध्यक्षमा भुसाल निर्वाचित

सैनामैना, फागुन २८ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु सैनामैना नगर कमिटीको अध्यक्षमा पवन भुसाल निर्विरोध रुपमा निर्वाचित हुनुभएको छ । शनिवार सैनामैना स्थित ह्वाइट हाउस पार्टी प्लेसमा भएको सैनामैना नगरको चौथो नगर सम्मेलनबाट उपाध्यक्षमा भोजराज भण्डारी र अमृता भट्टराई, सचिवमा सुरज रिजाल, सहसचिवमा विकास रास्कोटी, जिवन न्यौपाने र सुमन न्यौपाने, कोषाध्यक्षमा नवराज खनाल निर्विरोध रुपमा चयन हुनुभएको हो । त्यस्तै सदस्यमा उर्मिला घिमिरे, जेनिसा सुवेदी, रोजिना राना, आरती खड्का, बिमला गुरुङ्ग, मोनिका पन्त, रेखा खत्री, दिब्सन नेपाली, हिमाल सोमरे, बिनोद श्री, आकाश पन्त, बिनोद पाण्डे, सन्दिप ज्ञवाली, आदर्श क्षेत्री, पुष्पा भण्डारी, अस्मित भण्डारी, आकृत खनाल, यादव भट्टराई, रञ्जित पाण्डे, रविन पाण्डे, विशाल भट्टराई, प्रदिप पाण्डे, अविनास पाण्डे, सागर बेल्वासे, मनोज भुसाल, विवेक पोखरेल, सागर खत्री, बिनोद राना, निश्चल अधिकारी, कमल रेग्मी, दिपेश ज्ञवाली, दयाराम बस्याल चयन हुनुभएको हो ।

बिज्ञापन

नगर सम्मेलनमा सम्बोधन गर्दै नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा रुपन्देही इन्चार्ज भुमिश्वर ढकालले सामाजिक रुपान्तरणका लागि विद्यार्थीको भुमिका महत्वपूर्ण रहेको बताउनुभएको थियो । लुम्बिनी प्रदेशसभामा रुपन्देही क्षेत्र नं. ५ बाट प्रतिनिधित्व समेत गर्नुभएका एमाले नेता ढकालले सुखी नेपाली र समृद्ध नेपालको महाअभियानलाई सफल बनाउन तिनै तहमा नेकपा एमालेको नेतृत्वका सरकार अनिवार्य रहेको बताउँदै त्यसको लागि अनेरास्ववियु टोल टोलमा परिचालन हुन आब्हान गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा एमाले रुपन्देही जिल्ला कमिटी उपसचिव चित्रबहादुर कार्कीले हरेक प्रकारका विकृति र विसंगतिका विरुद्ध अनेरास्ववियु सशक्त भएर लाग्नुपर्ने बताउनुभएको थियो । वहाँले अहिले देशमा नेकपा एमालेको पक्षमा लहर आएको र सिंगो देशको विकास र समृद्धिका लागि नेकपा एमालेको नेतृत्व अपरिहार्य रहेको बताउनुभएको थियो ।

बिज्ञापन

कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय कमिटी सचिवालय सदस्य तथा रुपन्देही इन्चार्ज बालकृष्ण पाण्डेले शैक्षिक आन्दोलनसँगै सामाजिक रुपान्तरणको जिम्मेवारी अनेरास्ववियुको काँधमा रहेको हुँदा वडा स्तरमा नभई टोल टोलमा रहनुभएका आम विद्यार्थीलाई गोलबन्ध गरी सामाजिक जागरणको अभियानमा जुट्नुपर्ने अवस्था आएको बताउनुभएको थियो । वहाँले समग्र जनताको समृद्धिका साथै सिंगो राष्ट्रको विकासका लागि आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको विजयी आवश्यक रहेको बताउनुभएको थियो । साथै वहाँले आगामी निर्वाचनमा नेकपा एमालेका सबै उम्मेदवारलाई अत्याधिक मतका साथ बिजयी बनाउन अनेरास्ववियु तयारी अवस्थामा रहेको समेत बताउनुभएको थियो ।

सम्मेलनमा अनेरास्ववियुका सचिवालय सदस्य लेखनाथ खनाल, नेकपा एमाले रुपन्देही जिल्ला कमिटी सदस्य जिवनाथ पाण्डे, नगर कमिटी अध्यक्ष नारायण न्यौपाने, अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य साजन भण्डारी, सिमा घिमिरे, जिल्ला कमिटी अध्यक्ष शेषकान्त पोखरेल लगायतले बोल्नुभएको थियो ।

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन