बुटवल । अनेरास्ववियुका केन्द्रीय कमिटी उपाध्यक्ष यम पाण्डेले अनेरास्ववियु शैक्षिक सुधार र सामाजिक रुपान्तरणको अभियानमा जुट्ने बताउनुभएको छ । अनेरास्ववियु रुपन्देही जिल्लाको पहिलो बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले संगठित असंगठित रुपमा ७ दशकसम्म राजनैतिक परिवर्तनको लागि होमिएको अनेरास्ववियु अव शैक्षिक क्रान्तिको आन्दोलनको नेतृत्व गर्ने बताउनुभएको थियो ।
लुम्बिनी प्रदेश इन्चार्ज समेत रहनुभएका पाण्डेले शिक्षा क्षेत्रमा देखिएका विकृति र वेतिथिहरुको सुधारका लागि हरेक पालिकास्तरमा केन्द्रीत हुने समेत बताउनुभएको थियो । बैठकमा अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश संयोजक सरोज पोखरेलले ब्यक्तित्वको विकास गर्दै सामाजिक रुपान्तरणमा नेतृत्वदायी भुमिका निर्वाह गर्न निर्देशन दिनुभएको थियो ।
अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा रुपन्देही इन्चार्ज बालकृष्ण पाण्डेले अनेरास्ववियुले रुपन्देहीको गर्भिलो इतिहासलाई कायम राख्दै जहाँ बिद्यार्थी त्यहा अनेरास्ववियु भन्ने अभियानलाई सफल बनाउन निर्देशन गर्नुभएको थियो । त्यस्तै सचिवालय सदस्य लेखनाथ खनालले आफुले प्राप्त गरेको जिम्मेवारीलाई कुशलतापुर्वक सम्पन्न सबैलाई अनुरोध गर्नुभएको थियो ।
बैठकले २३ औं जिल्ला सम्मेलनको समिक्षा गर्नुका साथै विभिन्न विभाग, क्याम्पस र क्षेत्र तथा पालिकाहरुको जिम्मेवारी बाँडफाँड समेत गरेको थियो । बैठकले क्षेत्र नं.–१ मा आवश्यक समन्वयका लागि अजुृन गैरेलाई इन्चार्जको जिम्मेवारी प्रदान गरेको छ भने क्षेत्र नं.–२ मा प्रकाश न्यौपाने, क्षेत्र नं.–३ मा भिम भण्डारी, क्षेत्र नं.–४ मा झरना चौधरी र क्षेत्र नं.–५ मा सुमित सापकोटालाई जिम्मेवारी प्रदान गरेको छ ।
त्यस्तै बैठकले रुपन्देहीका सबै क्याम्पसहरु र पालिकाहरुको इन्चार्ज तोकेको छ भने विभिन्न विभागहरुको समेत जिम्मेवारी बाँडफाँड गरेको छ । विभाग अन्तर्गत संगठन विभाग प्रमुखको जिम्मेवारी कमिटीका उपाध्यक्ष भरत अर्याललाई दिएको छ भने प्रशिक्षण विभागको जिम्मेवारी कमिटीका उपाध्यक्ष रमेश ढकाल तथा रचनात्मक तथा अतिरिक्त विभाग प्रमुख उपाध्यक्ष शिवलाल बेल्वासेलाई दिएको छ । त्यस्तै शैक्षिक तथा सम्पर्क विभाग प्रमुखको जिम्मेवारी योगेश पराजुलीलाई प्रदान गरेको छ । बैठकले आगामी कार्ययोजनाका बारे योजना बनाई त्यसको कार्यान्वयनका लागि जिम्मेवारी बाँडफाँड गरिएको र त्यसको संगठनको आन्तरिक सर्कुलर मार्फत जानकारी गराईने कमिटीका अध्यक्ष शेषकान्त पोखरेलले बताउनुभएको छ ।
बैठकले परमादेशबाट बनेको गठबन्धनको सरकारले पेट्रोलियम पदार्थ र एलपी ग्यासमा बढाएको शुल्कको घोर बिरोध गरेको थियो । अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष शेषकान्त पोखरेलको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सदस्यहरु साजन भण्डारी, सन्दिप गुप्ता, सिमा घिमिरे, नविन थापा सारु, सरोज ठकुरी लगायतले बोल्नुभएको बैठकको सञ्चालन कमिटीका सचिव प्रकाश पराजुलीले गर्नुभएको थियो ।