अनेरास्ववियु रुपन्देहीद्वारा रामनाथ ढकालको स्मृतिमा कलेज स्तरिय भलिवल प्रतियोगिता सुरु

बुटवल । अनेरास्ववियु रुपन्देही जिल्ला कमिटीले आयोजना गरेको अखिल कप भलिबल प्रतियोगिताको उदघाट्न समारोहमा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य भुमिश्वर ढकालले अनुशासन, स्वास्थ्य र बिकासका लागि खेल अनिवार्य भएको बताउनु भएको थियो ।अनेरास्ववियुले आजबाट बुटवल बहुमुखी क्याम्पसमा सुरु गरेको संगठनका पुर्व केन्द्रिय अध्यक्ष स्वर्गीय रामनाथ ढकालको स्मृतिमा जिल्ला स्तरीय अन्तर कलेज भलिवल प्रतियोगितामा बोल्दै प्रमुख अतिथी समेत रहनुभएका नेता ढकालले स्वर्गीय रामनाथ ढकाल अत्यन्तै सालिन र मिलनसार नेता भएको र वहाको निधनले पार्टी, संगठन र सामाजिक रुपान्तरणमा अपुर्णिय क्षती भएको बताउनु भएको थियो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष तेजेन्द्र केसीले रामनाथ ढकालले अनुसरण गरेको बाटोमा हिड्न सबैलाई अपिल गर्नुभएको थियो ।
समुदघाटन समारोहमा अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश संयोजक सरोज पोखरेल, सचिवालय सदस्य तथा रुपन्देही इन्चार्ज बालकृष्ण पान्डे, नेकपा एमालेका युवा नेता बाबुराम पन्थी, वसन्त ढकाल, अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य साजन भन्डारी, नवीन थापा सारु, कृष्ण बश्याल लगाएतले अनेरास्ववियुको रचनात्मक क्रियाकलाप सङै पुर्व नेताको सम्मानमा यो कार्यक्रम आयोजना गरेको बताउनुभएको थियो ।
कार्यक्रममा रामनाथ ढकालको जिवन साथी निर्मला केसी ढकालको समेत विशेष उपस्थितिमा रामनाथको फोटोमा टीका र माला लगाई स्मरण गरेको जिल्ला कमिटीका उपाध्यक्ष रमेश ढकालले जानकारी गराउनु भएको थियो ।
अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी अध्यक्ष शेषकान्त पोखरेलको अध्यक्षता, उपाध्यक्ष भरत अर्यालको स्वागत र सचिव प्रकाश पराजुलीको सन्चालनमा उदघाटन सत्र सम्पन्न भएको कमिटीका उपाध्यक्ष तथा रचनात्मक बिभाग प्रमुख शिवलाल बेल्बासेले बताउनु भएको थियो ।

बिज्ञापन

उदघाटनपछिको पहिलो खेल लुम्बिनी बाणिज्य क्याम्पस र हरैया बहुमुखी क्याम्पसबिच भएको थियो । खेलमा लुम्बिनी बाणिज्य क्याम्पसले २-१ सेटले हरैया बहुमुखी क्याम्पसलाई पछि पार्दै बिजयी हासिल गरेको हो भने दोश्रो खेल सहिद नारायण पोखरेल रामापुर क्याम्पस र पक्लिहवा कृषि क्याम्पसबिच भएको थियो । खेलमा सहिद नारायण पोखरेल रामापुर क्यामपसले २-० सेटले पक्लिहवा कृषि क्याम्पसलाई पछि पार्दै बिजयी हासिल गरेको कमिटीका सचिवालय सदस्य सन्तोष अर्यालले बताउनुभएको हो । भोलि बिहान ७:३० देखि खेल सुरु हुने आयोजकले जनाएको छ ।

बिज्ञापन

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन