अनेरास्ववियु रुपन्देहीको महिला बिभागद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुरज भट्टराई , रुपन्देही, फागुन २४ । ११२ औं अन्तरास्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर अनेरास्ववियु जिल्ला कमिटी रुपन्देही महिला विभागले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । “राजनितिक परिवर्तनमा महिला सहभागीता र यसको प्रभावकारिता” विषयमा नेकपा एमाले, लुम्बिनी प्रदेश कार्यलयको सभाहलमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

बिज्ञापन

कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सदस्य तथा बुटवल उपमहानगरपालिकाको उप-प्रमुख गोमा आचार्यले कार्यक्रममा बोल्दै श्रमिक महिला दिवसलाई दसै तिहार जस्तै आफ्नो व्यक्तिगत जिवनमा आएको परिवर्तनलाई महत्त्व दिदै मनाउन थालिएको बताउनुभएको थियो । वहाले महिलाहरुलाई दोश्रो दर्जाको रुपमा मानीने प्रथाको अन्त्य भएको बताउनुभयो। नेपाली श्रमिक महिलाको हक अधिकार स्थापित गर्ने सवालमा नेपाल ट्रेडयुनियन महासंघ (जिफन्ट) अग्रसर रहेर काम गरिरहेको बाताउनुभयो ।

कार्यक्रमको सहजीकरण कृषि विकास बैंक लुम्बिनी प्रदेशको बरिष्ठ शाखा प्रमुख एवम्  अधिवक्ता सीमा बन, नेकपा एमाले नेता तथा राष्ट्रिय माहाधिवेशन कमिटी सदस्य ज्ञानु केसीले गर्नुभएको थियो ।कार्यक्रममा प्रशिक्षक कृषि विकास बैंक भैरहवा साखा प्रमुख सिमा बमले समानता र समताको बरेमा, संविधानमा महिला कुरा, महिला सशक्तीकरण आदिको विषयमा प्रशिक्षण दिनुभएको थियो । त्यस्तै राष्ट्रिय माहाधिवेशन कमिटी सदस्य ज्ञानु केशीले महिलाहरुको हक अधिकार , महिलाहरुको समान सहभागीताको बारेमा प्रशिक्षात्मक भनाई राख्नु भएको थियो ।

बिज्ञापन

प्रशिक्षण कार्यक्रममा रास्ट्रिय कलाकार पुरुषोत्तम भन्डारीले मनोरञ्जन गराउनु भएको थियो ।

शुभकामना मन्तव्य राख्दै अनेरास्ववियु स्थाई कमिटी सदस्य तथा लुम्बिनी प्रदेश संयोजक सरोज पोख्रेलले नेकपा एमाले मात्र एउटा यस्तो पार्टी हो जसले महिला सहभागीतालाई बुझेको र महिला प्रती हेर्नी दृष्टिकोण सच्चा रहेको बताउनुभयो ।

अनेरास्ववियु केन्द्रिय कमिटी सचिवालय सदस्य तथा रुपन्देही जिल्ला ईन्चार्ज बालकृष्ण पाण्डेले महिला सहभागीतालाई ३३% मात्र नभई प्रतेक कमिटीमा महिलाको बराबरी सहभागीता हुनु पर्ने र त्यसको जिम्मेवारी अनेरास्ववियु लिने बताउनुभएको थियो ।

कार्यक्रममा बोल्दै अनेरास्ववियु केन्द्रिय कमिटी सचिवालय सदस्य लक्ष्मी केसी, अनेरास्ववियु केन्द्रिय सदस्य सिमा घिमिरे, रुपन्देही जिल्ला कमिटी अध्यक्ष शेषकान्त पोखरेलले महिलाहरु राजनीतिक नेतृत्वमा आउनुपर्ने बताउनुका साथै आत्मनिर्भर भएर बाच्न सिक्न पर्छ र महिला दिवसको दिन मात्र आवाज उठाउने हैन की आवश्यक पर्दा साधन आवाज उठाउनु सक्नु पर्ने बताउनु भएको थियो ।

कार्यक्रम अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य आसा कुँवरको अध्यक्षता, जिल्ला सह-सचिव झर्ना चौधरीको स्वागत र जिल्ला सदस्य सृजना थपाको सञ्चालनमा भएको थियो ।

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना