अनेरास्ववियुले गर्यो शैक्षिक छात्रवृद्धिको लागि अखिल साझ

रुपन्देही // रुपन्देहीको देवदहमा अखिल साँझ-२०८० कार्यक्रम सम्पन्न भएको छ। अनेरास्ववियु देवदह नगर कमिटीले उच्च शिक्षाका लागि अक्षयकोष निर्माण गर्ने उद्देश्यले उक्त कार्यक्रम गरेको हो।

कार्यक्रममा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो। कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी कलाकार बद्रि पंगेनी, लोकप्रिय गायिका समिक्षा अधिकारी, बैकुण्ठ महत, शिरिष देवकोटा, रास्ट्रिय हास्यव्यंग्य कलाकार पुरुषोत्तम भन्डारी पुर्खे बा, मञ्जु भट्टराई लगायतको जोडदार प्रस्तुति रहेको थियो भने स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहेको थियो।

कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष तथा प्रतिनिधिसभा साँसद विष्णु पौडेल, पार्टीका सचिव तथा रुपन्देही क्षेत्र नं १ का प्रतिनिधिसभा सांसद छबिलाल बिश्वकर्मा, प्रतिनिधिसभा सांसद बासुदेव घिमिरे, नेकपा (एमाले) लुम्बिनी प्रदेश उपाध्यक्ष तथा प्रदेश सरकारका पुर्व मन्त्री भोजप्रसाद श्रेष्ठ, अनेरास्ववियुका केन्द्रीय माहासचिव नरेश रोकाय,देवदह नगरपालिकाको नगर प्रमुख ध्रुव प्रसाद खरेल, उप प्रमुख विद्या लक्ष्मी गुरुङ, नेकपा (एमाले) का जिल्ला अध्यक्ष तेजेन्द्र के.सी., सचिव यज्ञ गैरे, लगायतका अनेरास्ववियु र नेकपा (एमाले) का नेताहरुको आतिथ्यता रहेको उक्त कार्यक्रममा स्थानीय विद्यार्थी तथा अभिभावकको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रम अनेरास्ववियु देवदह नगर कमिटीका अध्यक्ष अश्विन न्यौपानेको अध्यक्षता, कार्यक्रम संयोजक तथा अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी उपाध्यक्ष अर्जुन गैरेको स्वागत र पार्टी जिल्ला कमिटी सदस्य कृष्ण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो भने साँस्कृतिक कार्यक्रमको सञ्चालन राष्ट्रिय लोक तथा दोहोरी कलाकार नारायण विपी परियार र अनेरास्ववियु जिल्ला सदस्य अशोक गैरेले गरेका थिए।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने