अनेरास्ववियुले गर्यो बुटवलमा अध्यादेश बिरुद्ध प्रदर्शन

बुटवल । परमादेशको आदेशबाट बनेको गठबन्धनको सरकारले ल्याएको अध्यादेश बिरुद्ध नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले बुटवलमा प्रर्दशन गरेको छ ।

बिज्ञापन

अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नेकपा एमाले बिभाजन गर्ने उद्देश्यले दल बिभाजन सम्वन्धी अध्यादेश ल्याएपछि मंगलबारबाट देश भर प्रर्दशन सूरु भएको थियो।

बुटवलमा आयोजना गरिएको प्रदर्शनमा सम्बोधन गर्दै अनेरास्ववियुका स्थायी कमिटी सदस्य यम पाण्डेले अहिलेको कठपुलती गठकन्धनको सरकारले एकपछि अर्काे गलत काम गर्दै गइरहेको हुँदा त्यसलाई नसच्चाएसम्म आन्दोलन जारी रहने बताउनुभएको थियो । वहाँले सबै दलहरु मिलेर बनेको गठबन्धनले नेकपा एमाले र केपी ओलीलाई जतिसुकै घेराबन्दी गर्न खोजेपनि जनताले साथ दिएका कारण सफल नहुने बताउदै फेरी पनि ताजा जनादेश मार्फत केपी ओली प्रधानमन्त्री बन्ने ठोकुवा गर्नुभएको थियो ।

बिज्ञापन

सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकारले देशी विदेशी तत्वहरुको लागि कम्फर्टेवल सरकार मात्र भएको उल्लेख गर्दै अनेरास्वियुका केन्द्रीय सचिवालय सदस्य सरोज पोखरेल, बालकृष्ण पाण्डे, केन्द्रीय सदस्य लेखनाथ खनाल, जिल्ला संयोजक साजन भण्डारी, सहसंयोजक शेषकान्त पोखरेल लगायतका नेता कार्यकर्ताले वर्तमान सरकार नेपाली जनताको नभई भ्रष्टचारी, दलाली, अराजक, हत्यारा तथा विदेशीको कम्र्फटेवल मात्र भएको भन्दै आक्रोस जनाएका थिए । जयसिंह धामी तुहिनबाट महाकाली नदी तर्ने क्रममा भारतीय एसएसवीले तुहिन काट्दा हालसम्म बेपत्ता भइरहेको सन्दर्भमा समेत सरकार कान धुनेर बसेको उल्लेख गर्दै जयसिंह धामीको न्यायको निम्ती अनेरास्ववियुले जस्तोसुकै मूल्य चुकाउन समेत पछि नपर्ने सरकारलाई चेतावनी दिएको छ ।

अनेरास्ववियुका नेता कार्यकर्ताले सरकारले उक्त कदम नसक्याएसम्म देशभर आन्दोलन जारी रहने उल्लेख गर्दै मुलुकलाई राजनीतिक अस्थिरता तर्फ धकेल्न खोजेको भन्दै सरकारविरुद्ध चर्का नाराहरु लगाएका थिए । सोही क्रममा बाक्लो पानी र प्रहरीको हस्तक्षपका बावजुद पनि प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला र सरकारले जारी गरेको अद्यादेश जलाइएको थियो ।

ताजा समाचार

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सम्बन्धित खवर

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न / simrikaawaj

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न

Dev-Khanal-nepalcricket-d0e89cefd61343d58f341d2a25bb8772

देव खनाल कप्तानीमा एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टाेलीकाे घाेषणा