अनेरास्ववियुले गर्यो तिज मिलन कार्यक्रम सम्पन्न

देवदह // अनेरास्ववियु देवदह नगर कमिटी र देवदह आदर्श बहुमुखी क्याम्पस कमिटीको संयुक्त आयोजनामा तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । भदौ उक्त ११ गते शनिवार देवदह आदर्श बहुमुखी क्याम्पसमा सम्पन्न भएको थियो ।

बिज्ञापन

कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य तथा देवदह नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले महिलाहरुको महान चाड तिजलाई सभ्य तरिकाले मनाउन अनुरोध गर्नुभएको थियो । वहाँले तिज पर्व सामाजिक, साँस्कृतिक र धार्मिक महत्व रहेको हुँदा समाजमा पच्ने खालका गतिविधि गर्दै मनाउन अपिल समेत गर्नुभएको थियो । उपप्रमुख गुरुङले अहिले हाम्रो समाजमा सासुले बुहारीले दुख दिने जस्ता घटना समाजमा हट्दै गएको र केही परिवर्तन आएपनि गित गाउने बहानामा संस्कृतिलाई विगार्न नहुने बताउनुभएको थियो।

कार्यक्रममा अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य तथा रुपन्देही इन्चार्ज बालकृष्ण पाण्डेले तिज पर्व मौलिक रुपमा महिला दिदी बहिनीले भोग्नु परेको दुख, सुख पोख्ने पर्वको रुपमा मनाउँदै आएता पनि अहिले त्यसो नभएको बताउनुभएको थियो । वहाँले आधनिकतासँगै मौलिकता र नेपाली संस्कृतिलाई नै धरापमा लैजाने गरी चाडपर्व मनाउनु विकृति फैलाउनु भएको हुँदा हाम्रो संस्कृतिलाई जोगाई राख्न र तिज पर्वको महत्वलाई अझ उचाईमा लैजान अनेरास्ववियुले घर, टोल हुदै समग्र समाज रुपान्तरणका लागि जुट्न अपिल गर्नुभएको थियो ।

बिज्ञापन

कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी सदस्य तथा क्षेत्रीय सहसंयोजक प्रकाश अर्याल, अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा रुपन्देही सहइन्चार्ज साजन भण्डारी, केन्द्रीय सदस्य तथा देवदह आदर्श बहुमुखी क्याम्पसका स्ववियु सभापति कृष्ण पौडेल, रुपन्देही जिल्ला कमिटी अध्यक्ष शेषकान्त पोखरेलले बोल्दै तिजको शुभकामना ब्यक्त गर्नुभएको कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा प्रदेश उपाध्यक्ष सुरज खरेल, अनेरास्ववियु जिल्ला कमिटी उपाध्यक्ष रमेश ढकाल, शिव बेल्वासे, सहसचिव अर्जुन गैरे, त्रिवी जिल्ला कमिटी कोषाध्यक्ष शिला भट्टराई, रुपन्देही जिल्ला कमिटी सदस्य सुरज भट्टराई, एलिना हमाल लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा देवदह क्षेत्रका विभिन्न विद्यालयहरु र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो तृत्य प्रस्तुत गरेका थिए भने सहभागीहरु सबैलाई खानाको ब्यवस्था समेत गरिएको थियो । कार्यक्रम अनेरास्ववियु देवदह नगर कमिटी अध्यक्ष अशोक गैरेको अध्यक्षता, केशव राज पाण्डेको स्वागत र देवदह आदर्श बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष केशव न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन