प्रदिप ज्ञवाली, सैनामैना // अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले कमिटी विस्तार अभियान लाई तीव्रता दिएको छ । क्याम्पसमा प्रथम वर्षमा आएका नवआगन्तु विद्यार्थीहरुलाइ सङ्गठिक गराउनका निमित्त कमिटी गठन गरिएको हो ।
कमिटी विस्तार कार्यक्रमको आज पहिलो दिन वि वि एस प्रथम वर्षमा अध्ययनरत नेपाली माध्यमका विद्यार्थीहरुका माझबाट अभिशेक ज्ञवालीको अध्यक्षता ५१ सदस्यीय कक्षा कमिटी बनाइएको हो । कमिटीको उपाध्यक्षमा अमृत बेल्बासे, सविता ढकाल र सम्झना रिजाल रहनुभएको छ भने सचिवमा पुजा सिंह रहनुभएको छ । यस्तै सहसचिवमा अमृता अर्याल र अप्सरा अर्याल हुनुहुन्छ भने सपन पोखरेल कोषाध्यक्षमा हुनुहुन्छ ।
कार्यक्रममा बोल्दै क्याम्पस कमिटी पुर्व अध्यक्ष तथा जिल्ला कोषाध्यक्ष सुमित सापकोटाले विद्यार्थीहरु आफ्ना हक अधिकार प्राप्तिका लागि सबै विद्यार्थी अनेरास्ववियुमा सङ्गठित हुनुपर्ने बताउनुभयो ।
कार्यक्रम कार्यवाहक अध्यक्ष शिव न्याैपानेको अध्यक्षता र सचिव धनऋषि शर्माको सञ्चालनमा सम्पन्न भएको हो ।