अनेरास्ववियुद्धारा रुपन्देही २ को विद्यार्थी भेला सम्पन्न

बुटवल // अनेरास्ववियु रुपन्देही क्षेत्र नं. २ ले निर्वाचन केन्द्रीत क्षेत्रीय भेला भब्य रुपमा सम्पन्न गरेको छ । शनिवार बिहान ११ बजे एमाले पार्टी कार्यालय, सुख्खानगरमा भएको भेलाले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि वडा र टोल टोलमा विद्यार्थी परिचालन गरी नेकपा (एमाले)का उम्मेदवारलाई विजय बनाउन भेला मार्फत तयारी गरेको अनेरास्ववियुका केन्द्रीय कमिटी सचिवालय सदस्य तथा विद्यार्थी परिचालन कमिटीका संयोजक बालकृष्ण पाण्डेले बताउनुभएको छ।

बिज्ञापन

भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष तथा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले आम विद्यार्थीका समस्या बुझ्न सक्ने र त्यसको पनि समाधान गर्न सक्ने संगठनको अनेरास्ववियु भएको बताउनुभएको थियो । वहाँले युवा विद्यार्थीले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाउने ब्यवस्था अनेरास्ववियुको पहलमा आफु अर्थमन्त्री हुँदा अगाडि बढाएको तर त्यसलाई गठबन्धन सरकारले कार्यान्वयन नगरेको बताउनुभएको थियो । पुर्व उपप्रधामन्त्री तथा अर्थमन्त्री समेत रहनुभएका पौडेलले युवाहरुलाई योग्यता र क्षमताका आधारमा नेपालमै स्वरोजगार बनाउन नेकपा एमाले नेतृत्वको सरकार आउनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा रुपन्देही २ (१) का प्रदेशसभा सदस्य पदका उम्मेदवार लिला गिरीले सक्षम युवाहरु पार्टीगत रुपमा संगठित भए मात्र देशको नेतृत्व गर्न सकिने बताउनुभएको थियो । बहुदलीय ब्यवस्थामा एकल ब्यक्तिले नेतृत्व गरी निवास दिन नसक्ने बताउनुभएको थियो।

कार्यक्रममा रुपन्देही क्षेत्र नं. २ (२) का प्रदेशसभाका उम्मेदवार भोजप्रसाद श्रेष्ठले अनेरास्ववियुले अगाडि सारेका हरेक एजेन्डाहरु आम विद्यार्थीेको हितको पक्षमा हुने बताउँदै आम विद्यार्थीहरुलाई अनेरास्ववियुमा संगठित गर्दै राजनीति रुपमा समेत संगठित गर्न अपिल गर्नुभएको थियो।

बिज्ञापन

कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष यम पाण्डेले देशलाई कस्तो बनाउने भन्ने युवा विद्यार्थीको हालमा रहेको बताउनुभएको थियो। नेकपा एमालेको नेतृत्वको सरकारले मात्रै देशमा विकास र समृद्धिको मुहान फुटाउन सक्ने बताउनुभएको थियो।

कार्यक्रममा पार्टीका केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष नेत्रप्रसाद पन्थी, एमाले जिल्ला कमिटी अध्यक्ष तेजेन्द्र के.सी. लगायतले भनाई राख्नुभएको उक्त कार्यक्रमको अध्यक्षता बालकृष्ण पाण्डे र सञ्चालन शेषकान्त पोखरेलले गर्नुभएको थियो।

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना