अनेरास्ववियुद्धारा मायादेवीमा कमिटी निर्माण

मायादेवी, फागुन २७ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले मायादेवि गाउँपालिकामा दिपचन यादवको अध्यक्षतामा ३१ सदस्यीय पालिका कमिटी गठन गरेको छ । शुक्रबार मायादेविमा भएको भेलाले कमिटीको उपाध्यक्षमा सञ्जय यादव, सचिवमा अवधराम बरई, सहसचिवमा राजु भुज, कोषाध्यक्षमा अनिल हरिजन लगायत रहेको पालिका कमिटी निर्माण गरेको हो ।

बिज्ञापन

भेलालाई सम्बोधन गर्दै अनेरास्ववियुका केन्द्रीय कमिटी सचिवालय सदस्य बालकृष्ण पाण्डेले शैक्षिक आन्दोलनसँगै सामाजिक रुपान्तरणको जिम्मेवारी अनेरास्ववियुको काँधमा रहेको बताउनुभएको थियो । भेलाको प्रमुख अतिथि समेत रहनुभएका पाण्डेले समग्र जनताको समृद्धिका साथै सिंगो मायादेवी गाउँपालिकाको विकासका लागि आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको विजयी आवश्यक रहेको बताउनुभएको थियो । वहाँले नेकपा एमालेका सबै उम्मेदवारलाई अत्याधिक मतका साथ बिजयी बनाउन अनेरास्ववियु हरदम तयार रहेको समेत बताउनुभएको थियो ।

भेलामा नेकपा एमाले रुपन्देही जिल्ला कमिटी सदस्य तथा मायादेवी गाउँपालिका इन्चार्ज शंकर ज्ञवाली, जिल्ला कमिटी सदस्य सिक्चन यादव, मायादेवी गाउँ कमिटी सचिव लाला लोध, अनेरास्ववियुका केन्द्रीय सदस्य तथा रुपन्देही सहइन्चार्ज साजन भण्डारी, नविन थापा सारु, रुपन्दही जिल्ला कमिटी अध्यक्ष शेषकान्त पोखरेल, उपाध्यक्ष रमेश ढकाल, सचिवालय सदस्य सन्तोष अर्यालले बोल्दै अहिले देशमा नेकपा एमालेको पक्षमा लहर आएको र सिंगो देशको विकास र समृद्धिका लागि नेकपा एमालेको नेतृत्व अपरिहार्य रहेको बताउनुभएको थियो ।

बिज्ञापन

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना