अध्यादेशको विरोधमा देवदहमा अनेरास्ववियु र युवा संघको प्रदर्शन

बिज्ञापन

बुटवल । गठबन्धन सरकारले ल्याएको अध्यादेशका विरुद्ध आज रुपन्देहीको देवदहमा अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले विरोध प्रदर्शन गरेका छन् ।

बिज्ञापन

अनेरास्ववियु देवदहले आयोजना गरेको प्रदर्शनमा विद्यार्थीहरुले देवदह आदर्श क्याम्पसको गेटमा सरकारले ल्याएको अध्यादेश जलाएका थिए । अनेरास्ववियुका केन्द्रीय सदस्य तथा देवदह आर्दश क्याम्पसका स्ववियु सचिव अर्जुन गैरे, केन्द्रीय सदस्य नविन गैरे, प्रविन गौडेल, देवदह नगर कमिटी अध्यक्ष सुरज भट्टराई लगायतले परमादेशबाट बनेको गठबन्धनको सरकार जनताप्रति उत्तरदायी नभएर देशी विदेशी शक्तिलाई खुशी बनाउन अलोकतान्त्रिक र असंवैधानिक गतिविधिमा आफ्नो ध्यान केन्द्रीत गरेको आरोप लगाएका थिए ।

त्यस्तै देवदहको एमाले पार्टी कार्यालयबाट मसाल सहित निस्केको युवाहरुको जुलुसले बजार परिक्रमा गरी खैरेनी चोकमा पुगि कोण सभामा परिणत भएको थियो । राष्ट्रिय युवा संघ नेपाल दवदह नगरको आयोजनामा भएको प्रर्दशनमा अध्यादेश ल्याएको गठबन्धन सरकारका विरुद्ध चर्का नारा लगाएका थिए । उनिहरुले उक्त अध्यादेश तुरुन्त फिर्ता गरी असंवैधानिक कार्यहरु समेत फिर्ता गर्न जोडदार माग गरेका थिए ।

बिज्ञापन

विरोध प्रदर्शनमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष सुमन पुरी, स्थायी कमिटी सदस्य केशव रोका, जिल्ला संयोजक मनोज गौचन लगायतले सम्बोधन गर्दै सरकारले नालायकीपन देखाउँदै राष्ट्रहित विपरित ल्याइएको अध्यादेश तत्काल खारेज गर्न माग गरेका थिए । उनीहरुले सरकारले अफगानिस्तानमा फसेका नेपाली नागरिकको उद्धार गर्न चासो नदिएको भन्दै सरकारको आलोचना समेत गरेका थिए । 

सम्बन्धित खवर

डेल्टा कम्प्लेक्समा लागेको आगोले करोडौं नोक्सानी: १५ दमकलले लिएका थिए आगो नियन्त्रण

देवदहमा राष्ट्रिय परिचयपत्रको दर्ता शिविर सुरु

भैरहवाबाट जनकपुरतर्फ जादै गरेको बस सर्लाहीको बागमतीमा दुर्घटना हुदा तीन जनाको मृत्यु

भारतका हार्दिक पाण्ड्यालाइ पछि पार्दै नेपालका दीपेन्द्रसिँह ऐरी टी–२० अलराउन्डरकाे छैठौं स्थानमा

खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिताको उपाधी सगरमाथालाई

सगरमाथामा खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिता सुरु

नेपालका कप्तान रोहित पौडेललाई धकेल्ने बङ्गलादेशका बलरमाथि आईसीसीको कारबाही

कञ्चनको १६औँ अधिवेशन : समृद्धिका लागी जनमुखी कार्यक्रम ल्याइदै