अंग्रेज युद्धको सम्झनामा तानसेनमा जात्रा

बिज्ञापन

जनकराज भट्टराई,पाल्पा। गोरखाली फौजले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा  शनिबार पाल्पाको तानसेनमा रणउजिरेश्वरी भगवती जात्रा धुमधामका साथ मनाइएको छ । जिल्लामा मनाइने जात्रा एवं उत्सव मध्येको सबैभन्दा ठूलो जात्राको रुपमा यस्लाई लिने गरिन्छ।वीरताको प्रतिकको रुपमा रहेको रणउजीरेश्वरी भगवतीको रथयात्रालाई बिजय उत्सब र अबिर जात्राको रुपमा मनाउने गरिन्छ।

बिज्ञापन

उजीर सिंहले वि.सं. १८७२ सालमा भगवतीलाई भाकल गरेर युद्ध जिताईदिएमा प्रत्येक वर्ष अबिर जात्रा गर्ने कबुल गरे। सोहीअनुसार उनले १८७२ सालदेखि भगवतीको मन्दिर बनाउन पनि शुरु गरे।पछि १८७६ सालमा उजीरसिंहको कमाण्डले अंग्रेज फौजलाइ युद्धमा हरायो। त्यसपछि तानसेनमा युद्ध जितेको खुसीयालीमा जात्रा भयो। त्यसैको निरन्तरता स्वरुप अहिले सम्म जात्रा मनाईने गरिएको हो। सोही जितको सम्झनामा श्रीकृष्ण जन्माष्टमीमा रातभर जाग्राम बसि भजन किर्तन गरि राति १२ बजे बली दिएर भगवतीको रथ उचालेर पुजापाठ समेत गरिन्छ । भगवती रथलाई सिन्दूर, अबिर र केशरीसहित अन्य वैदिक पुजापाठ गर्दै सहर परिक्रमा गराइन्छ । यो विजय उत्सव प्रत्येक वर्ष भाद्र कृष्ण नवमीको दिन मनाइन्छ । यो ऐतिहासिक रथ यात्रा यो वर्ष २०४ औ रथ यात्रा हो । यो जात्रालाई पश्चिम क्षेत्रकै ऐतिहासिक जात्राको रुपमा लिने गरिन्छ । जात्रामा गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत, कास्की, रुपन्देही, काठमाडौं लगायतका जिल्लाबाट श्रद्धालु भक्तजनहरु पाल्पा पुग्ने गर्छन् ।

सम्बन्धित खवर

आज भाइटीका : उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा

आईसीसी विश्वकप लिग-२ :  नेपाल अमेरिकासँग पराजित

हङकङ सिक्सेस : अस्ट्रेलियाविरुद्ध नेपालको शानदार जित

देवदह नगर वडा स्तरीय लिग क्रिकेट प्रतियोगिताको उपाधि वडा नं ८ लाई 

मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा कर्मचारीको टोली विजयी

महिला साफ च्याम्पियनसीपको उपाधि बंगलादेशलाई : नेपाल उपविजेता

देवदह नगर स्तरीय लिग क्रिकेट प्रतियोगिता ; फाइनलमा वडा नं ६ र ८ भिड्ने

दलका गलत क्रियाकलाप र भ्रष्टाचारका कारण मुलुक समस्यामा परेको छ ; अध्यक्ष राजेन्द्र लिङ्देन